'काव्य साँझः कल्प'मा बाँसुरीको धुनसँगै गुञ्जिए डा. लम्साल
काठमाडौँ । महाकाव्यकार डा। नवराज लम्सालको महाकाव्य 'कल्प'केन्द्रित प्रस्तुति 'काव्य साँझ : कल्प' सम्पन्न भएको छ ।
ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य 'कल्प'का हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गरेका थिए । डा. भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।
कल्प महाकाव्य प्रकृति संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए ।
लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो ।
यसरी बाँसुरीसहित महाकाव्य लिएर डाक्टर लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन् । आफैँ पनि लामो समय रेडियो प्रसारणमामा बिताएका लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे ।
ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेशा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
डा. लम्साल नेपाली साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन् । उनका चार महाकाव्यसहित १० पुस्तक प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण