कांग्रेस लुम्बिनी सभापति बाँके–३ बाट सिफारिस
मङ्गलबार, ०१ पुस २०८२, २१ : ०४
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि बाँके क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
बाँके क्षेत्र नम्बर ३ प्रदेश समितिले सभापति पुनलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको क्षेत्रीय सभापति मोहम्मद नकी खाँले रातोपाटीलाई बताए ।
सभापति पुनको नाम यसअघि रोल्पाबाट पनि सिफारिस भएको थियो । यसअघि पटकपटक रोल्पाबाट निर्वाचन लड्दै आएका सभापति पुनको अहिले रोल्पा र बाँके गरी दुई जिल्लाबाट नाम सिफारिस भएको हो ।
बाँके क्षेत्र नम्बर ३ बाट सभापति पुनसहित प्रत्यक्षमा १० जनाको नाम सिफारिस गरिएको छ । ती नामहरूमा किशोर सिंह राठौर, आशा विक, मेघराज वली, लक्ष्मीनारायण शाह, टेकबहादुर खड्का, देवबहादुर खत्री, कृष्ण विक रमाइली, महेन्द्र मल्ल ठकुरी र ऋषिकेश जिसी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण