सशस्त्रको दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव’ प्रदान
बुधबार, ०२ पुस २०८२, १७ : ०९
सारांश
- सशस्त्र प्रहरीको २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरियो।
- प्रधानमन्त्री सुशीला कार्कीले गणका गणपति एसपी राजेश लामिछानेलाई १ लाख नगद र सम्मान पत्र प्रदान गरिन्।
- विपद् व्यवस्थापन र उद्धारमा पुर्याएको योगदानको कदर गर्दै ललितपुर महानगरले सम्मान गरेको हो।
काठमाडौँ । सशस्त्र प्रहरीको नम्बर–२१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव’ पुरस्कार प्रदान गरिएको छ । महानगरको १०७ औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले सशस्त्र प्रहरीलाई सो सम्मान प्रदान गरेकी हुन् ।
बुधवार पुल्चोकमा आयोजित समारोहमा प्रधानमन्त्री कार्कीले दक्षिणकाली गणका गणपति एसपी राजेश लामिछानेलाई १ लाख नगद र सम्मान पत्र प्रदान गरिन् । विपद् व्यवस्थापन र उद्धारमा गणले पुर्याएको योगदानको कदर गर्दै ललितपुर महानगरले सो सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख अञ्जली शाक्य लगायतका व्यक्तिहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण