जेनजी आन्दाेलनमा लुटिएका ८ थान हतियार बरामद
बुधबार, ०२ पुस २०८२, २१ : २३
काठमाडौँ । प्रहरीले एक महिनामा काठमाडौँबाट जेनजी आन्दाेलनमा लुटिएका ८ थान हतियार बरामद गरेको छ ।
चार थान टाईप–५४ पेस्तोल, ३ थान रिभल्बर र एकथान इटालियन पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
काठमाडौँ प्रहरीले मंसिर महिनामा २ थान म्याग्जीन र १४ राउण्ड गोली बरामद गरेको छ । हातहतियार तथा गोलिगठ्ठा लुटपाट तथा बेचबिखनमा संलग्न १० जनालाई पक्राउ गरिएको एसपी भट्टराईले बताए ।
जेनजी प्रदर्शन हुँदा गत भदौ २४ मा प्रहरीको १२८१ थान हतियार लुटपाट र आगजनी भएको थियो । तीमध्ये धेरै सङ्ख्यामा हतियार रिकभर गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण