अपडेट
एमाले महाधिवेशन: बिहान २ बजेसम्म १७ सय मत खस्यो
बिहीबार, ०३ पुस २०८२, ०२ : ०९
सारांश
- भृकुटीमण्डपमा जारी मतदानमा बिहीबार बिहान २ बजेसम्म १ हजार ७ सय मत खसेको छ ।
- निर्वाचन आयोगका अनुसार २ हजार २ सय ६३ मतदाता रहेको निर्वाचनमा बिहान ५ देखि ६ बजेसम्म मतदान सकिने अनुमान छ ।
- अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् ।
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानमा बिहीबार बिहान २ बजेसम्म १ हजार ७ सय मत खसेको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका बिहीबार बिहान २ बजेसम्म १ हजार ७ सय मत खसेको हो ।
उनका अनुसार कुल २ हजार २ सय ६३ मतदाता रहेको निर्वाचनमा बिहान ५ देखि ६ बजेसम्म मतदान प्रक्रिया सकिने अनुमान गरिएको छ । ११ औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान निरन्तर जारी रहेको हो ।
निर्वाचनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण