एमाले महाधिवेशन
एमाले निर्वाचन अपडेट : ४ सय ५८ मत खस्न बाँकी
बिहीबार, ०३ पुस २०८२, ०२ : ४५
सारांश
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १ हजार ८ सय ५ मत खसेको छ।
- निर्वाचनमा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब ५ सय ५८ मत खस्न बाँकी छ।
- मतदानको समय बिहान ४ बजेसम्म थप गरिएको छ र बिहान ६ बजेसम्म मतदान सम्पन्न हुने अनुमान छ।
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २ः३० बजेसम्मको पछिल्लो विवरण अनुसार १ हजार ८ सय ५ मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदाता रहेको निर्वाचनमा अब ५ सय ५८ मत खस्न बाँकी छ । बुधबारदेखि सुरु भएको मतदान प्रक्रिया जारी रहेको आयोगले जनाएको छ ।
मतदातालाई मतदान स्थलमा प्रवेश गर्ने यसअघि तोकिएको समय २ बजेबाट बढाएर बिहान ४ बजेसम्म पुर्याइएको निर्वाचन आयोगका उपाध्यक्ष सानुसार पोखरेलले जानकारी दिए । उनका अनुसार मतदान प्रक्रिया बिहीबार बिहान ६ बजेसम्म सम्पन्न हुने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण