कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र
सारांश
- कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन पूर्वाधार योजनाका कानुनी अड्चन हटाउन माग गरेको छ।
- संघले महाकाली करिडोर, सुख्खा बन्दरगाह र मझगाउँ विमानस्थल निर्माणमा देखिएका समस्या समाधानको माग गरेको हो।
- मन्त्री घिसिङले व्यवसायीका मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै समस्या समाधानको प्रतिबद्धता जनाएका छन्।
धनगढी । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठुला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माणलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग ज्ञापनपत्र बुझाएको छ।
बुधवार जिल्लाका विभिन्न विकास आयोजना अनुगमनका लागि आएका मन्त्री घिसिङलाई सङ्घले मागपत्र बुझाएको हो। सङ्घका अध्यक्ष पीताम्बर जोशीले सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा मन्त्री घिसिङलाई सो ज्ञापनपत्र हस्तान्तरण गरे।
ज्ञापनपत्रमा महाकाली करिडोरको शीघ्र निर्माण, सुख्खा बन्दरगाह निर्माण तथा मझगाउँ विमानस्थल निर्माणमा देखिएका कानुनी अड्चन तत्काल समाधान गरी निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ। यस्तै सीमा क्षेत्रका विभिन्न समस्या समाधान गर्न पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
उद्योगी व्यवसायीले ‘डिमान्ड लाइन’बापत तिर्नु परिरहेको विद्युत्को चर्को शुल्क तथा आम उपभोक्ताले विद्युत् उपभोग गरेबापत तिर्दै आएको अत्यधिक विलम्ब शुल्क घटाउनुपर्ने माग पनि सङ्घले गरेको छ। सङ्घका अध्यक्ष जोशीले कञ्चनपुरका विकास आयोजना समयमा सम्पन्न नहुँदा आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै कानुनी झमेलाका कारण अलपत्र परेका योजनालाई सहज बनाउनमन्त्री घिसिङसँग माग गरे। मन्त्री घिसिङले सङ्घका मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण