आज सबैभन्दा बढी तापक्रम विराटनगरमा, सबैभन्दा कम जुम्लामा
बिहीबार, ०३ पुस २०८२, १० : ४६
सारांश
- बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ भने अन्य भू-भागमा मौसम सफा रहने छ।
- पश्चिमी वायुको आंशिक प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिने छ।
- आज विराटनगरमा २९ डिग्री सेल्सियस र जुम्लामा -३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ।
काठमाडौँ । बिहीबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
आज सबैभन्दा बढी तापक्रम विराटनगरमा २९°C र सबैभन्दा कम तापक्रम जुम्लामा -३°C सम्म पुग्ने सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण