रास्वपाद्वारा समन्वय कार्यदल गठन
सारांश
- रास्वपाले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिसँग समन्वय गर्न कार्यदल गठन गरेको छ।
- आगामी निर्वाचनका लागि समानुपातिकतर्फ आएका आवेदनबाट उम्मेदवार छनोट गरिने भएको छ।
- उम्मेदवार छनोटलाई पारदर्शी बनाउन अडिट समिति गठन गर्दै छलफल पुस ५ गते हुने भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल' गठन गरेको छ। पार्टीको सचिवालय बैठकले केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठको संयोजकत्वमा उक्त कार्यदल बनाएको हो।
कार्यदलको सदस्यहरूमा बोधनारायण श्रेष्ठ र रञ्जु दर्शना रहेका छन्। प्रवक्ता मनिष झाका अनुसार यो समितिले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका र निर्वाचित भएकाहरूसँग आवश्यक सहकार्य गर्ने छ।
यसैगरी आगामी प्रतिनिधिसभा निर्वाचन-२०८२ का लागि समानुपातिकतर्फ हालसम्म तीन सय २५ आवेदन प्राप्त भएको जानकारी दिँदै पार्टीले उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। उम्मेदवार छनोटलाई पारदर्शी बनाउन उपेन्द्र पाण्डेको संयोजकत्वमा अडिट समिति गठन गरिएको छ।
आवेदन दिएका व्यक्तिहरूसँग छलफल गर्न पुस ५ गते सातै प्रदेशमा कार्यक्रम आयोजना गरिने छ। उक्त छलफलका लागि समानुपातिकमा उम्मेदवारी नदिएका केन्द्रीय सदस्यहरूलाई प्रदेशगत जिम्मेवारी समेत तोकिएको छ।
निर्वाचनको पूर्व तयारी र साझा धारणा तय गर्न महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा शुक्रबार विशेष छलफल आयोजना हुने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण