एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
बिहीबार, ०३ पुस २०८२, १९ : २३
सारांश
- एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ।
- बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा दिउँसो १:०० बजे बस्नेछ, जसमा आगामी कार्ययोजनाबारे छलफल हुनेछ।
- महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको छ।
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ।
नवनिर्वाचित सचिव डा. राजन भट्टराईका अनुसार बैठक दिउँसो १:०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने तय भएको छ। भर्खरै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनले ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेसँगै पार्टीले नयाँ गति लिने नेताहरूको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण