नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्ले नीति, विचार र सिद्धान्तबिनाको पार्टीको कुनै औचित्य नहुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका–२ को बिहीबार दमौलीमा आयोजित प्रथम वडा अधिवेशनका अवसरमा उनले सो कुरा बताएका हुन् । पार्टीको पहिलो बिम भनेको नीति, विचार र सिद्धान्त रहेको उल्लेख गर्दै डा वाग्लेले विचार बलियो भयो भने प्रतिकूल अवस्थामा पनि पार्टी जीवित रहनसक्ने बताए ।
नीति, विचार र सिद्धान्तबिनाको पार्टी क्षणिक भीडतन्त्र हुनसक्ला तर दिगो रुपमा चल्न नसक्ने उनको भनाइ थियो । “रास्वपा मूलधारको राजनीतिक बन्न सफल बनेको छ”, उनले भने, “पार्टी ठूलो हुँदै गर्दा पार्टीमा थप चुनौती थपिएको छ, यसतर्फ हामी सचेत छौँ ।”
आउँदो फागुन २१ गते हुने निर्वाचनमा सबै राजनीतिक दलले भाग लिएर देशलाई निकासको बाटोमा लैजान लाग्नुपर्नेमा उनले जोड दिए ।
विसं २०७९ को निर्वाचनमा तीन हजार सदस्य रहेको रास्वपाको दुई लाख ५७ हजार पुगेको उनले दाबी गरे । ३८ वटा देशमा सङ्गठन, ७७ वटै जिल्लामा सङ्गठन विस्तार र ५०० बढी पालिकामा पार्टीको उपस्थिति रहेको उनले उल्लेख गरे ।
समाजलाई समृद्धिको बाटोमा रास्वपा लैजान्छ भन्ने विश्वास आमनागरिकमा जगाउन आवश्यक रहेकोसमेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण