लागूपदार्थ सेवन गर्ने नौ चालक नियन्त्रणमा
सारांश
- स्याङ्जामा लागुपदार्थ सेवन गरी सवारी चलाउने ९ जना चालक पक्राउ परेका छन्।
- प्रहरीले पुतलीबजारमा चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
- सडक दुर्घटना कम गर्न र यात्रालाई सुरक्षित बनाउन अभियान चलाइएको छ।
स्याङ्जा । स्याङ्जामा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाएका नौ चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले बिहीबार पुतलीबजार नगरपालिका–१ बसपार्कस्थित सिद्धार्थ राजमार्गमा जाँच गरेको हो । जाँचका आधारमा लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाएका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी कमल नेपालीले जानकारी दिए । सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले ‘लागूपदार्थ चेकिङ अभियान’ सञ्चालन गरिएको उनले जानकारी दिए ।
“लागूपदार्थ सेवनका कारण हुन सक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागूपदार्थ चेकिङ अभियान अगाडि बढाएका हौँ”, उनले भने, “गत जेठ ६ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत निजी तथा सार्वजनिक सवारीसाधनका चालकलाई लागुऔषध सेवन गरे नगरेको जाँच गर्छौँ ।”
प्रहरीले गरेका जाँचका क्रममा निजी तथा सार्वजनिक सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई लागुऔषध सेवन मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएको छ । लागूपदार्थ सेवन गरी ट्रक, माईक्रो बस, मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण