एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
शुक्रबार, ०४ पुस २०८२, ०६ : २३
सारांश
- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ।
- बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा दिउँसो १ बजे बस्नेछ।
- बैठकले पार्टीको आगामी कार्ययोजना र कमिटी गठनबारे छलफल गर्नेछ।
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने भएको छ ।
नवनिर्वाचित सचिव डा राजन भट्टराईका अनुसार बैठक दिउँसो १:०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने तय भएको छ। हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण