फ्राइडे रिलिज : ‘झरीपछिको इन्द्रेणी’ सँग भिड्दै हलिउडको ‘अवतार ३’
सारांश
- आज शुक्रबारदेखि दुई ठुला फिल्महरू 'झरीपछिको इन्द्रेणी' र 'अवतार ३' प्रदर्शनमा आएका छन्।
- 'झरीपछिको इन्द्रेणी' पारिवारिक कथामा आधारित छ, जसमा गणेश उप्रेती र रमेश उप्रेतीको अभिनय रहेको छ।
- 'अवतार ३' हलिउडको बहुप्रतिक्षित फिल्म हो, जसलाई जेम्स क्यामरुनले निर्देशन गरेका हुन्।
काठमाडौँ । ‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि दुईवटा ठुला र प्रतीक्षित फिल्महरू देशभरका सिनेमा घरमा प्रदर्शनमा आएका छन् । फिल्म हुन् नेपाली सामाजिक ड्रामा ‘झरीपछिको इन्द्रेणी’ र हलिउडको बहुप्रतिक्षित फिल्म ‘अवतार ३’ ।
दुवै फिल्म दर्शकको प्रतीक्षित सूचीमा रहे पनि शो सङ्ख्या भने ‘झरीपछिको इन्द्रेणी’ को तुलनामा ‘अवतार ३’ ले बढी पाएको छ । यद्यपि, हलहरूमा केही पुराना नेपाली र विदेशी फिल्महरूको उपस्थिति अझै रहेका छन् । जसले गर्न दुई नयाँ फिल्मले सबै पर्दा ओगट्न पाएका छैनन् ।
‘झरीपछिको इन्द्रेणी’
हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा डेब्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’ एक पारिवारिक तथा सामाजिक ड्रामा हो, जसले सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथालाई समेटेको छ ।
यस फिल्ममार्फत अभिनेता गणेश उप्रेती ९ वर्षपछि नेपाली रजतपटमा फर्किएका छन् भने रमेश उप्रेती ७ वर्षपछि । फिल्मको गणेश ट्रेलरमा गणेशलाई एक परिपक्व र सङ्घर्षशील अभिभावकको रूपमा देखाइएको छ ।
फिल्ममा गणेश र रमेशको अलवा दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे र प्रियना आचार्यको अभिनय छ । फिल्म मार्फत नवकलाकार बिमोञ्चम दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । नागराज इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्मकी निर्माता अनिसा सेन्दाङ लिम्बु हुन् ।
‘अवतार ३’
हलिउडका दिग्गज निर्देशक जेम्स क्यामरुनको ‘अवतार’ फ्रेन्चाइजीको तेस्रो संस्करण ‘अवतार ३’ अङ्ग्रेजी र हिन्दी भर्सनमा प्रदर्शनमा आएको हो । निर्देशक क्यामरुनले यो शृङ्खलालाई कुल पाँच भागसम्म लैजाने योजनाका साथ अगाडि बढाइरहेका छन् ।
फिल्म मार्फत दर्शकले पुनः ‘पेण्डोरा’ को काल्पनिक संसारमा पुग्नेछन् । फिल्मका निर्माता जोन लेन्डाउ हुन् । यो फिल्मपछि यसको अर्को सिक्वेल ‘अवतार ४’ सन् २०२९ र ‘अवतार ५’ सन् २०३१ मा रिलिज हुने तालिका निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।
फिल्मको विषयमा निर्माता जोन लेन्डाउलले भनेका छन्– ‘ फिल्ममा हरेक अवतार आफैँमा एक जोसिलो र अद्भूत अनुभव हो । यसलाई गुणस्तरका साथ पर्दामा ल्याउन समय लाग्छ । जसका लागि हामी फिल्मकर्मी जुटिरहेका छौँ । ताकि दर्शकको आशामा खरो उत्रन सकौँ । टिमले आफ्नो काममा कडा मेहनत गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण