बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

भक्तपुरबाट १२ जना जुवाडे पक्राउ

शुक्रबार, ०४ पुस २०८२, १४ : ५६
शुक्रबार, ०४ पुस २०८२

काठमाडौँ । प्रहरीले भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित गोलमडीबाट १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । 

पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले रातोपाटीलाई बताए । 

बिहीबार साँझ उनीहरू पक्राउ परेका हुन् । जुवा खालबाट १ लाख ७६ हजार नगद र ३ बुक तास बरामद गरिएको डीएसपी जबेगुले जानकारी दिए । घटनाबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप