रञ्जिता श्रेष्ठले बोलाइन् केन्द्रीय समिति बैठक
शुक्रबार, ०४ पुस २०८२, १६ : ०२
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाएकी छिन् ।
फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवार चयनको बारेमा छलफल गर्न बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन् । नागरिक उन्मुक्ति पार्टीले पनि चुनावमा भाग लिने भएपछि उम्मेदवार चयनलगायतका विषयमा मापदण्ड बनाउने कार्य केन्द्रीय समितिको बैठकले बनाउने बताइएको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी अलग भइसकेपछिको यो पहिलो केन्द्रीय समिति बैठक हो । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरिसकेका छन् ।
नागरिक उन्मुक्ति पार्टी नेपालले पनि चुनावमा जाने निर्णय गरिसकेको छ । सो पार्टीले राष्ट्रिय मुक्ति पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गर्दै एउटै चिन्ह लिएर चुनावमा भाग लिने सहमति गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण