जसपा नेपालको भागमा मधेस प्रदेशको सभामुख
सारांश
- मधेस प्रदेशको सभामुख पद जसपा नेपालको भागमा परेको छ।
- सभामुख र भौतिक मन्त्रालय जसपा नेपालको भागमा परेको छ, जसपाले मन्त्री पठाएको छैन।
- शनिबारदेखि सभामुख चयन प्रक्रिया सुरु हुनेछ, जसमा रामअषिश यादव र मनिष सुमन आकांक्षी छन्।
काठमाडौँ । मधेस प्रदेशको सभामुख पद जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेको छ ।
मधेस प्रदेशका सात दिलबिच भएको भागबन्डामा सभामुख र भौतिक मन्त्रालय जसपा नेपालको भागमा परेको हो । सुरुमा हरेक दलले एउटा एउटा मन्त्रालय लिने सहमति भए अनुसार जसपा नेपालले भौतिक मन्त्रालय, जनमत पार्टीले अर्थ मन्त्रालय, लोसपा नेपालले शिक्षा मन्त्रालय, माओवादी केन्द्रले ऊर्जा, सिँचाइ तथा खानेपानी र नेकपा (एस)ले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय पाएका छन् ।
कांग्रेसको नेतृत्वमा गठन भएको सरकारमा लोसपा, जनमत पार्टी, माओवादी केन्द्र, नेकपा (एस) र काँग्रेसले १–१ वटा मन्त्रालय पाइसकेका छन् । त्यसमा मन्त्रीहरूले शपथ पनि लिइसकेका छन् ।
तर, जसपा नेपालले हालसम्म मन्त्री भने पठाएको छैन । सभामुख पाएपछि मात्र मन्त्री पठाउने अडानमा जसपा नेपाल बसेको थियो । सभामुख पाइसकेपछि अब दुवै एक पटक पठाउने तयारीमा जसपा नेपाल रहेको छ ।
शनिबारदेखि सभामुख चयन प्रक्रिया सुरु हुने जसपा नेपालका प्रदेश सभा सदस्य रामअषिश यादवले बताए । उनले भने, ‘जसपा नेपालको भागमा सभामुख परेको छ, भोलीदेखि सभामुख चयनको प्रक्रिया सुरु हुन्छ ।’
जसपा नेपालले हालसम्म सभामुख कसलाई दिने भनि टुंगो लगाएको छैन । हालसम्म जसपा नेपालका प्रदेश सांसद रामअषिश यादव र मनिष सुमन सभामुखका आकाङ्क्षी रहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण