रास्वपाको समानुपातिक उम्मेदवार बन्न सुदूरपश्चिमबाट ३० जनाको आवेदन, देउवाको गृहजिल्ला रिक्त
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशबाट समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ, जसमा ३० जनाको नाम समावेश छ।
- सूचीमा खस आर्य, थारु र दलित समुदायका व्यक्तिहरू छन्, तर देउवाको गृहजिल्ला डडेल्धुराबाट भने कुनै उम्मेदवार छैनन्।
- रास्वपाले छनोट प्रक्रियाका लागि इच्छुक उम्मेदवारहरूसँग छलफल गर्ने र घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
धनगढी । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा सुदूरपश्चिम प्रदेशबाट ३० जनाको नाम समेटिएको छ।
पार्टीले अनलाइनमार्फत माग गरेको आवेदनमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उत्साहजनक सहभागिता देखिएको हो।
रास्वपाले सार्वजनिक गरेको विवरण अनुसार ‘खस आर्य’ समूहबाट सबैभन्दा बढी आवेदन परेका छन्। जसमा डोटीका यज्ञराज जोशी र जानकी जोशी, अछामका सेतीराम भण्डारी, रत्ना थापा र टिका संगौला (ज्वाला), दार्चुलाका जनकराज पन्त र भनसिंह धामी तथा कैलालीका केशवराज भट्ट, अनबहादुर न्यौपाने, मीनराज न्यौपाने, सृष्टि महरा र यममाया ढकाल रहेका छन्।
त्यसैगरी बाजुराबाट नवराज जैशी र चेतनाकुमारी बिष्ट, कञ्चनपुरबाट अर्जुनप्रसाद भण्डारी, चन्द्रा ऐर, प्रतिभा रावल र भरतबहादुर कार्की, बझाङबाट अनिता भट्ट, सत्यराज उपाध्याय र सुरतबहादुर मल्ल तथा बैतडीबाट कृष्णराज पन्त र भोजराज जोशीले खस आर्य कोटामा इच्छा देखाएका छन्।
समावेशी समूहअन्तर्गत ‘थारु’ कोटामा कञ्चनपुरकी गीता चौधरी तथा कैलालीका करिष्मा कठरिया, कुन्ननारायण चौधरी र कलावती चौधरीले आवेदन दिएका छन्। ‘दलित’ कोटातर्फ डोटीका केशवकुमार परियार, बाजुराका रमेश चदारा र कञ्चनपुरका विजय जैरुको नाम सूचीमा रहेको छ।
देउवाको जिल्लाबाट शून्य आवेदन
सुदूरपश्चिमका ९ जिल्लामध्ये ८ जिल्लाबाट प्रतिनिधित्व हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट भने रास्वपाको समानुपातिक सूचीमा कोही पनि नपरेको पाइएको छ। सार्वजनिक गरिएको सूचीमा डडेल्धुराका कुनै पनि उम्मेदवारको नाम उल्लेख छैन।
छनोट प्रक्रियालाई अगाडि बढाउन रास्वपा सुदूरपश्चिमले इच्छुक उम्मेदवारहरूसँग शनिबार छलफल गर्ने कार्यक्रम तय गरेको छ। साथै, उम्मेदवार छनोटको कार्ययोजना अनुसार आगामी पुस ६ र ७ गते प्रदेशभर घरदैलो कार्यक्रम समेत सञ्चालन गरिने पार्टीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण