राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ
काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री बानियाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराए ।
उनले विधि र प्रक्रिया नपुर्याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताए । मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरुलाई बैंकहरु पनि पछिल्लो समय दुःख दिने गरेको समेत बताए ।
उनले भने,‘निर्माण व्यवसायीमाथि अहिले समय समयमा राज्यको आतंक बढेको छ । र एउटा मानवीय व्यवहार पनि नरहेको अवस्था छ । र कहीँ निर्माण व्यवसायीहरुको आफ्नो त्रुटी होला । कहीँ राज्यको त्रुटी होला । दुवै पक्षको त्रुटीलाई सुधार गरेर देश, प्रदेश र स्थानीय तहलाई तीन तहको सरकारले गर्ने कार्य र टेन्डर प्रक्रियालाई व्यवस्थित गरेर लैजानुपर्दछ । देश स्टन्टबाजीले चल्दैन । विधिको शासन र कानूनी राज्य छ देशमा । कानूनलाई परिमार्जन गरौ । तर स्टन्टबाजीलाई बन्द गरौँ । निर्माण व्यवसायीहरुले विभिन्न ठाउँमा दुःख पाएको अवस्था छ । कहीँ निर्माण व्यवसायीहरुको कमजोरी होला । देशको मन्त्री, प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, चाहे गाउँपालिकाका अध्यक्ष जो कसैलाई पनि आफनो काम देखाउनुछ भनेर भटाभट टेण्डर निकाल्ने काम पनि गर्नु हुँदैन ।’
मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानूनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरु गरिरहेको भन्दै आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण