१५औँ महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छु : सुनिल शर्मा
काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन् ।
उनले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने दाबी समेत गरे । उनले पार्टीका शीर्ष नेताहरुले महाधिवेशनमा दोस्रो तहका नेताहरुमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिए ।
उनले भने,‘म अहिलेसम्म डा. शेखर कोइाराला पक्षको मान्छे हो । यसमा लजाउने कुरा भएन । मैले अगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु । म अरुजस्तो तपाईहरुसँग झुटो बोल्दिन । म माथिबाट तल झर्ने मान्छे होइन तलबाट माथि जाने हो । मेरो जीवन पनि त्यस्तै छ । सुकुम्बासीको छोरो अहिलेसम्म यहाँ आइपुगेको छु । सहमहामन्त्रीमा मेरो उम्मेदवारीको निम्ति आग्रह गर्छु ।’
उनले थप भने, ‘उहाँहरुले दिनुभएन भने नयाँ ढंगको सोच हुन्छ, महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ या उपसभापतिमा जान्छ । यो पटक सभापतिमा जाँदैन । यदि त्यसमा पनि समस्या आएछ भने सभापतिको लागि स्वच्छ छवि भएको नयाँ उम्मेदवार घोषणा गरेर विद्रोहमा जान्छौँ ।’
उनले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरुले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण