दक्षिण अफ्रिकासामु भारतको विशाल योगफल, हार्दिकको विष्फोटक ब्याटिङ
अहमदाबाद। भारत र दक्षिण अफ्रिकाबिचको टी–२० सिरिजको अन्तिम खेलमा भारतले भ्रमणकारी टोली दक्षिण अफ्रिकालाई जितका लागि २३२ रनको विशाल लक्ष्य दिएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर दक्षिण अफ्रिकाले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३१ रनको बलियो योगफल तयार पार्यो ।
भारतको इनिङ्सको मुख्य आकर्षण हार्दिक पाण्ड्याको विष्फोटक ब्याटिङ रह्यो । उनले मात्र १६ बलमा आफ्नो अर्धशतक पूरा गरे । यो भारतका तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा प्रहार गरिएको दोस्रो सबैभन्दा छिटो अर्धशतक हो । भारतका लागि सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान युवराज सिंह (१२ बल) को नाममा रहेको छ ।
भारतका लागि ओपनर अभिषेक शर्माले ३४ रन जोडे भने सन्जु सामसन ३७ रन बनाएर जर्ज लिन्डेको बलमा बोल्ड भए ।
यद्यपि कप्तान सूर्यकुमार यादव भने आज सस्तैमा समेटिए, उनले ५ रन मात्र बनाउन सके । सूर्यकुमारलाई १३औँ ओभरको पहिलो बलमा कोर्बिन बोशले डेभिड मिलरको हातबाट क्याच आउट गराएका थिए । बोशले नै यसअघि पावरप्लेको अन्तिम ओभरमा अभिषेक शर्मालाई पनि आउट गरेका थिए ।
५ खेलको सिरिजमा भारत २–१ ले अघि छ। एक खेल भने मौसमका कारण रद्द गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण