बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–भारतबिचको सम्बन्ध बलियो र ऐतिहासिक : अर्थमन्त्री

शुक्रबार, ०४ पुस २०८२, २२ : ०७
शुक्रबार, ०४ पुस २०८२

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबिचको सम्बन्ध बलियो र ऐतिहासिक भएको बताएका छन् ।

नेपाल–भारत उद्योग वाणिज्य सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल भारतबीच ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्ध रहेको बताए। “नेपालको आयात र निर्यातको ठूलो बजार भारत हो, नेपालको अर्थतन्त्रमा भारतको ठूलो योगदान रहेको छ”, उनले भने । 

अर्थमन्त्री खनालले नेपाल र भारतबीचको अर्थतन्त्रलाई मजबुद बनाउन नेपाल–भारत उद्योग वाणिज्य सङ्घले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

उनले भारत नेपालको प्रमुख व्यापार साझेदार छिमेकी मुलुक भएको बताउँदै भारतसँग नेपालले ऊर्जा, पूर्वाधारलगायतको क्षेत्रमा साझेदार गर्दै आएको बताए ।

नेपाल भारत उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिल केसीले सङ्घले विगत तीन दशकदेखि नेपाल र भारतबीच व्यापार, व्यवसाय र लगानी अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएको बताए ।

कार्यक्रममा उद्योग व्यापारमार्फत राम्रो कर तिर्ने सङ्घअन्तर्गतका कम्पनीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको भूमिका विषयबारे अन्तरक्रिया गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप