मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

रविमाथि प्रतिशोध साँधिएको हो : स्वर्णीम वाग्ले

शुक्रबार, ०४ पुस २०८२, २२ : १४
शुक्रबार, ०४ पुस २०८२

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साँधिएको बताएका छन् ।

शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका विरुद्ध बोलेका कारण पुराना दलहरूले रविमाथि प्रतिशोध साँधेको प्रमाणित हुँदै गएको उनले बताएका हुन् । उनले भने, “रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ ।”

युवा शक्तिलाई उत्पादनमा जोड्नुपर्नेमा विदेशिन वाध्य पारिएको उनको भनाइ छ । रास्वपाले प्रवासमा रहेका युवाहरूसँग भएको पूँजी र दक्षतालाई स्वदेशमा उपयोग गर्ने गरी योजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप