फेरिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको महत्त्व बढेको छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले फेरिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको महत्त्व र भूमिका बढेको बताएका छन् ।
राष्ट्रिय सभाको १८औँ अधिवेशन चलिरहँदा जेनजी आन्दोलन भएको र त्यसपछिको घटनाक्रमका बारेमा सबै जानकार रहेको चर्चा गर्दै अध्यक्ष दाहालले फेरिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको महत्त्व र भूमिका बढेको बताएका हुन् ।
राष्ट्रिय सभाले अहिलेको राजनीतिक अन्योल र असहजतालाई सहज बनाउन राम्रो भूमिका खेल्ने भन्दै अध्यक्ष दाहालले सबै पक्षले विश्वासको वातावरण बनाउन आ–आफ्नो ठाउँमा गम्भीर हुनुपर्ने बताए।
सङ्घीय संसद् सचिवालयले काठमाडौँमा शुक्रबार आयोजना गरेको राष्ट्रिय सभाको १८औँ अधिवेशनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले सभाहलको काम सकिने बित्तिकै सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने आफूले विश्वास लिएको समेत बताए।
सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहललाई राष्ट्रिय सभा हल बनाउन लागिरहेको भन्दै अध्यक्ष दाहालले अबको १०र१२ दिनभित्र सभा हल निर्माणको काम सकिने र त्यसपछि सरकारसँग अधिवेशन आह्वानका लागि आग्रह गरिने बताए ।
'कानूनमन्त्री यही हुनुहुन्छ, उहाँलाई मैले हरेक पटकको भेटमा सभा हल निर्माणको अवस्था बताउँदै अधिवेशन बोलाउने विषयमा जानकारी गराइरहेको छु,'अध्यक्ष दाहालले भने, 'प्रधानमन्त्रीज्यू र राष्ट्रपतिज्यूसँग पनि मैले सभा हल निर्माण भइसकेपछि बैठक आह्वान गर्नुपर्छ भनेको छु। त्यसमा उहाँहरू पनि सकारात्मक भएको मैले पाएको छु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण