आफ्नै खराब फर्ममाथि सूर्यकुमारको टिप्पणी : ‘ब्याटर सूर्य कतै हराएका छन्’
सारांश
- सूर्यकुमार यादवले आफ्नो खराब फर्मबारे स्वीकार गरे, 'ब्याटर सूर्य' मैदानमा नभेटिएको बताए।
- दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा उनले ३४ रन मात्र बनाए, तर टोलीको नतिजाबाट खुशी व्यक्त गरे।
- भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराएर शृङ्खला ३-१ ले जित्यो, सूर्यकुमारको कप्तानीमा।
अहमदाबाद । भारतीय टी-२० टोलीका कप्तान सूर्यकुमार यादवले आफ्नो खराब फर्मका बारेमा मुख खोलेका छन्। दक्षिण अफ्रिकाविरुद्धको पाँचौँ टी-२० खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा उनले 'ब्याटर सूर्य' अहिले मैदानमा नदेखिएको स्वीकार गरे।
पछिल्लो केही महिनादेखि रन बनाउन संघर्ष गरिरहेका उनले दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलाका चार इनिङ्समा मात्र ३४ रन जोड्न सके।
आफ्नो व्यक्तिगत प्रदर्शनलाई लिएर सूर्यकुमारले ठट्टाको शैलीमा भने, ‘यो शृङ्खला चुनौतीपूर्ण रह्यो र हामीले सक्दो प्रयास गर्यौँ। तर एउटै कुरा के भयो भने हामीले ब्याटर सूर्यलाई भेट्टाउन सकेनौँ, उनी कतै हराएका छन् जस्तो लाग्छ। तर उनले छिट्टै दमदार पुनरागमन गर्नेछन्।’ व्यक्तिगत लय बिग्रे पनि कप्तानका रूपमा टोलीले पाएको नतिजाबाट आफू निकै खुसी रहेको उनले बताए।
अहमदाबादमा शुक्रबार भएको निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै शानदार जित दर्ता गर्यो। यस जितसँगै भारतले पाँच खेलको शृङ्खला ३-१ ले आफ्नो कब्जामा पारेको छ।
व्यक्तिगत रूपमा कमजोर प्रदर्शन गरे पनि सूर्यकुमारको कप्तानीमा भारतीय टोलीले अर्को एउटा महत्त्वपूर्ण शृङ्खला जितेर आफ्नो दबदबा कायम राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण