‘हामीलाई एकपटक बहुमत दिएर हेर्नुहोस्, इमानदारिताको कसीमा खरो उत्रनेछौँ’
सारांश
- माधव नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउन जनतासँग आग्रह गरेका छन्।
- उनले युवा पुस्ताको सुशासन र भ्रष्टाचार अन्त्यका नारालाई समर्थन गर्दै पार्टीमा युवाहरूको आकर्षण बढेको बताए।
- नेपालले इमानदारिताको राजनीति र जनताको चाहना पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउन जनतासँग अपिल गरेका छन्। शनिबार पार्टीको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले जनताले विश्वास गरेर जिम्मेवारी दिएमा त्यो आफूहरूका लागि अर्को एउटा महत्त्वपूर्ण अग्निपरीक्षा हुने बताएका हुन् ।
आजसम्म देशभक्ति र जनसेवाको भावनालाई केन्द्रमा राखेर राजनीति गर्दै आएको दाबी गर्दै उनले अबको पालो आफ्नो पार्टीलाई एक पटक मौका दिनुपर्नेमा जोड दिएका छन्।
पछिल्लो समय युवा पुस्ता अर्थात् ‘जेनजी’ले अघि सारेका सुशासन र भ्रष्टाचार अन्त्यका नाराहरूलाई आफ्नो पार्टीले पूर्ण रूपमा साथ दिएको नेपालले उल्लेख गरे। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र नागरिक अधिकार कटौती गर्ने जस्ता निरङ्कुश कदमका विरुद्ध आफूहरू सधैँ लडिरहेको भन्दै उनले युवाहरूको माग जायज भएकै कारण जेनजी पुस्ताका हजारौँ साथीहरू आफ्नो पार्टीमा आबद्ध भइरहेको दाबी गरे। सुशासनको पक्षमा आवाज बुलन्द गर्दै सरकारलाई पटक-पटक मागपत्र बुझाएको र जनताको माझमा गएर सङ्घर्ष गरेको उनले स्मरण गराए।
युवाहरूको विश्वासलाई मर्न नदिने प्रतिबद्धता जनाउँदै नेपालले विभिन्न कार्यक्रममार्फत पार्टी प्रवेश गर्ने नयाँ पुस्तालाई बधाई तथा धन्यवाद समेत दिएका छन्। उनले समय अभावका कारण धेरै व्यक्तिहरूसँग छलफल गर्न नपाए पनि आगामी दिनमा युवाहरूसँगको संवादलाई अझ व्यापक बनाउने योजना रहेको सुनाए।
इमानदारिताको राजनीति र जनताको चाहना साकार पार्न आफ्नो पार्टी दृढ सङ्कल्पका साथ अगाडि बढेको भन्दै उनले सबैलाई एकताको अभियानमा जोडिन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण