काठमाडौँ–१ बाट उम्मेदवार सिफारिस भए रवीन्द्र मिश्र
शनिबार, ०५ पुस २०८२, २० : ४७
सारांश
- राप्रपा नेता रवीन्द्र मिश्र काठमाडौं-१ बाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्।
- शनिबार पार्टीको क्षेत्रीय कमिटीले मिश्रलाई पहिलो नम्बरमा राखेर सिफारिस गरेको हो।
- मिश्र यसअघि सोही क्षेत्रबाट पराजित भएका थिए र अहिले पनि चुनाव लड्ने तयारीमा छन्।
काठमाडौँ । राप्रपा नेता रवीन्द्र मिश्र आगामी निर्वाचनका लागि काठमाडौँ- १ बाट उम्मेदवार सिफारिस भएका छन् । शनिबार सो पार्टीको क्षेत्रीय कमिटीले मिश्रलाई काठमाडौँ–१ बाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
कमिटीले मिश्रलाई पहिलो नम्बरमा राखेर सो क्षेत्रमा प्रत्यक्षतर्फ ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फ सिफारिस हुनेमा रवीन्द्र मिश्र, रामेश्वर श्रेष्ठ, राम तन्दुकार रहेका छन् । मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् ।
यसअघि उनी सोही क्षेत्रबाट पराजित भएका थिए । अहिले पनि उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण