पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु
शनिबार, ०५ पुस २०८२, २३ : २३
सारांश
- पशुपति क्षेत्रमा नियमित सफाइ अभियान सुरु भयो, जसमा कोष, भक्तजन र स्थानीयवासीको सहभागिता रह्यो।
- सफाइ अभियानमा विश्वरुपा र मृगस्थली क्षेत्रमा सरसफाइ गरियो।
- प्लास्टिकजन्य फोहोर व्यवस्थापन गरियो ।
काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान सुरु भएको छ ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा कर्मचारी, भक्तजन र स्थानीयवासीलगायतको सहभागितामा सम्पदा सफाइ अभियान सुरु गरिएको हो ।
यस क्रममा शनिबार कोषका पदाधिकारी र कर्मचारीद्वारा विश्वरुपा र मृगस्थली क्षेत्रमा सफाइ गरिएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिए । सफाइका क्रममा त्यस क्षेत्रमा जम्मा भएका प्लास्टिकलगायत फोहर व्यवस्थापन गरिएको उनले सुनाए ।
सफाइमा कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारी, भक्तजन र स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण