लगानीसँगै बीमा सुविधा: मुक्तिनाथ क्यापिटलले ल्यायो ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ योजना
सारांश
- मुक्तिनाथ क्यापिटलले लगानीकर्ताका लागि नयाँ योजना ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ।
- यस योजनामा शेयर बजारमा लगानीका साथै दुर्घटना, औषधोपचार र गम्भीर रोगको बीमा सुविधा पाइनेछ।
- न्यूनतम १० लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने योजनाले लगानीकर्तालाई आर्थिक सुरक्षा दिने लक्ष्य राखेको छ।
काठमाडौँ । विगत लामो समयदेखि लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको मुक्तिनाथ क्यापिटल लिमिटेडले लगानीकर्ताहरूका लागि नयाँ र आकर्षक योजना ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत लगानीकर्ताले शेयर बजारमा लगानी गर्नुका साथै विभिन्न किसिमका बीमा सुविधाहरू समेत प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यस योजनामा न्यूनतम १० लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिनेछ । यस योजनाको मुख्य विशेषता भनेको लगानीकर्ताले गरेको लगानी रकमका आधारमा दुर्घटना बीमा, औषधोपचार बीमा र गम्भीर प्रकृतिका रोगहरूको बीमा सुविधा निःशुल्क प्राप्त गर्नु हो ।
भविष्यमा आइपर्न सक्ने आकस्मिक दुर्घटना र स्वास्थ्य समस्या जस्ता अनिश्चित जोखिमबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले यो योजना ल्याइएको क्यापिटलले जनाएको छ । “आजको लगानी, भोलिको सुरक्षा” भन्ने नाराका साथ सार्वजनिक गरिएको यस योजनाले लगानीकर्ताको हितलाई उच्च प्राथमिकता दिएको छ ।
मुक्तिनाथ क्यापिटलले यस योजनामार्फत एकातिर लगानीबाट हुने लाभ (रिटर्न) को अवसर प्रदान गर्नेछ भने अर्कोतिर स्वास्थ्य र दुर्घटना सम्बन्धी जोखिमको आर्थिक भार वहन गरी लगानीकर्तालाई ढुक्क बनाउने लक्ष्य राखेको छ ।
उत्कृष्ट लगानी व्यवस्थापन सेवा दिँदै आएको यस क्यापिटलको यो नयाँ योजनाले सुरक्षित भविष्य खोजिरहेका लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण