परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति नबिर्सन आग्रह गरिन्।
- उनले मौलिक परम्परा र वेशभूषा जोगाउनुपर्ने र सरकारी कार्यालयमा पनि परम्परागत पोसाक लगाउनुपर्ने बताइन्।
- तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो धारणा राखेकी हुन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छिन् । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने उनले बताइन् ।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा आज उनले सो कुरा व्यक्त गरेकी हुन् । परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए । उक्त वेशभूषाको प्रशंसा गर्दै उनले सरकारी कार्यालयहरूमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नो परम्परागत पोसाक लगाउँदा उचित हुने धारणा पनि राखिन् ।
उनले भनिन्, ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन्। आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सँदै गएको पाइन्छ। आफ्नो पहिचान नै के हो भन्ने उनीहरूलाई थाहा छैन। तर हामी नेपालीहरूसँग प्रशस्त आफ्नोपन छ। विविध मौलिक संस्कृति र परम्परा छ। यो जोगाउनुपर्छ। बरु सरकारी कार्यालयहरूमा हप्तामा एक वा दुई दिन यस्तो पोसाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?’
परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण पनि गरेको छ। परिषद्का महासचिव राजु गुरुङले निम्तोपत्र वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण