बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

आइतबार, ०६ पुस २०८२, १३ : ०१
आइतबार, ०६ पुस २०८२

सारांश

  • एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन्।
  • आइतबार बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको छ।
  • अग्रवालले व्यक्तिगत कारण देखाउँदै अध्यक्षको जिम्मेवारीबाट मुक्त भएका हुन्।

काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकमा अग्रवालले राजीनामापत्र बुझाएका हुन् ।

उनको राजीनामा सोही बैठकबाट स्वीकृत गरिएको बैंकका प्रमुख सूचना अधिकृत जयन्द्र रावलले जानकारी दिए । ‘उहाँले व्यक्तिगत कारणले अध्यक्षको जिम्मेवारीमा निरन्तरता दिन नसक्ने भनेर राजीना दिनुसभएको छ, यो स्वीकृत समेत भइसकेको छ,’ उनले भने ।

उनका अनुसार अध्यक्षको राजीनामा स्वीकृत भए पनि आज अर्को अध्यक्ष नियुक्तिसम्बन्धी निर्णय भने भएन । केही दिनभित्र यसको टुंगो लाग्ने उनले बताए ।

कुनै समय आक्रामक बैंकिङको सुरुवात गरेर चर्चामा आएको बैंकले पछिल्लो समय रणनीतिक मुभ लिएको छ । यसै अन्तर्गत केही समय अघि मात्रै बैंकका प्रमुख कार्यकारी अधिकृत परिवर्तन गरेको बैंकले अहिले सञ्चालक समितिको नेतृत्व समेत परिवर्तन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप