सुदन र मिराजलाई रक्षा बमको चेतावनी: मेरो चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोला
सारांश
- रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानालाई चेतावनी दिँदै पितृसत्तावादी सोचको विरोध गरिन्।
- उनले राजनीतिक कोर्स अघि बढिसकेको बताउँदै नयाँ जनादेशसहित नयाँ संसदको आवश्यकता औंल्याइन्।
- बमले शान्तिको आवश्यकता र महिलामाथि हुने गलत सोचविरुद्ध आवाज उठाइरहिन्।
काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा चेतावनी दिएकी छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी हुन् ।
‘...चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईँले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।’, उनले लेखेकी छिन् ।
बमले संसद् पुनः स्थापनाको बहसलाई पश्चगामी बाटोको संज्ञा दिँदै मुलुकको राजनीतिक कोर्स त्यस चरणभन्दा धेरै अघि बढिसकेको बताएकी छन् । उनका अनुसार अब निकासका लागि नयाँ जनादेश सहित नयाँ संसदमार्फत देशलाई अघि बढाउनुपर्ने आवश्यकता छ । ‘यतिखेर सबैभन्दा प्रमुख कुरा राजनीतिक प्रक्रिया हो,’ उनले लेखेकी छन्, ‘हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनीतिक वा रणनीतिक गोटी बन्नु हुँदैन।’
उनले देशमा शान्तिको आवश्यकता औँल्याउँदै सबैलाई थप सचेत हुन आग्रह गरेकी छन् । साथै, चुरा लगाएका हातलाई कमजोरीको प्रतीक ठान्ने सोचप्रति कडा आलोचना गर्दै आफू यस्ता गलत कुकृत्यविरुद्ध निरन्तर मुठ्ठी उठाइरहेको स्पष्ट पारेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण