मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

चर्चित के-ड्रामा जोडी वैवाहिक बन्धनमा

सोमबार, ०७ पुस २०८२, ०६ : ५१
सोमबार, ०७ पुस २०८२

सारांश

  • दक्षिण कोरियाका अभिनेता किम वु-बिन र अभिनेत्री शिन मिन-आले डिसेम्बर २० मा विवाह गरे।
  • विवाह सियोलमा एक निजी समारोहमा परिवार र साथीभाइको उपस्थितिमा सम्पन्न भयो।
  • यो विवाह सन् २०२२ को ह्युन बिन र सोन ये-जिनको विवाहपछिको प्रतिक्षित 'सेलेब्रिटी वेडिङ' मानिएको छ।

सियोल । दक्षिण कोरियाका चर्चित अभिनेता किम वु-बिन र अभिनेत्री शिन मिन-आले विवाह गरेका छन्। झन्डै १० वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले डिसेम्बर २० मा सियोलमा आयोजित एक निजी समारोहका बीच विवाहमा बदलेका हुन्। 

परिवार र नजिकका साथीभाइको उपस्थितिमा भएको यो विवाहलाई सन् २०२२ को ह्युन बिन र सोन ये-जिनको विवाहपछिको सबैभन्दा प्रतिक्षित 'सेलेब्रिटी वेडिङ' मानिएको छ।

उनीहरूको व्यवस्थापन एजेन्सी 'एएम इन्टरटेनमेन्ट'ले शनिबार सामाजिक सञ्जालमार्फत विवाहको आधिकारिक तस्बिर सार्वजनिक गर्दै यो सुखद खबर बाहिर ल्याएको हो। एजेन्सीले इन्स्टाग्राममा नवदम्पतीको श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट) तस्बिर शेयर गर्दै उनीहरू आधिकारिक रूपमा श्रीमान्-श्रीमती बनेको जानकारी दिएको छ। साथै, फ्यानहरूले दिएको माया र आशीर्वादका लागि धन्यवाद दिँदै दुवै कलाकारले आगामी दिनमा अझ सशक्त काम पस्कने प्रतिबद्धता समेत जनाएका छन्।

20251220041844_Kim-Woo-Bin-Shin-Min-Ah

३६ वर्षीय किम वु-बिन र ४१ वर्षीया शिन मिन-आको भेट सन् २०१५ मा एउटा विज्ञापन छायाङ्कनका क्रममा भएको थियो। सोही समयदेखि सुरु भएको उनीहरूको मित्रता प्रेममा बदलिएको थियो। 

किम वु-बिन 'द हेयर्स' र 'अनकन्ट्रोलेबली फन्ड' जस्ता ड्रामाका लागि प्रख्यात छन् भने शिन मिन-आ 'माय गर्लफ्रेन्ड इज गुमिहो' र 'होमटाउन चा चा चा' जस्ता सुपरहिट सिरिजका कारण विश्वभर चर्चित छिन्। 

१० वर्षसम्म एकअर्कालाई साथ दिएको यो जोडीको विवाहले अहिले विश्वभरका कोरियन ड्रामा प्रेमीहरू उत्साहित बनेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप