म्याद थपिएसँगै सूर्यविनायक–धुलिखेल सडक विस्तारले लियो गति
सारांश
- अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार कार्यले तीव्रता पाएको छ।
- साँगा-धुलिखेल सडकको स्तरोन्नति गर्न म्याद थपिएपछि निर्माण कम्पनीले कामको रफ्तार बढाएको छ, र पिच बाहेकको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ।
- सडकलाई ६ लेनमा विस्तार गर्न लागिएको छ जसले काभ्रे र काठमाडौँ उपत्यकाको आवागमन सहज बनाउनेछ।
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार कार्यले पछिल्लो समय तीव्रता पाएको छ। पहिलो खण्डका रूपमा रहेको साँगा–धुलिखेल सडकको स्तरोन्नति गर्न म्याद एक वर्ष थपिएसँगै निर्माण कम्पनीले कामको रफ्तार बढाएको हो। विसं २०८२ मङ्सिर २५ सम्मको पहिलो म्यादमा ६० प्रतिशत मात्र काम सकिएपछि हालै आयोजनाको अवधि थप गरिएको हो।
आठ किलोमिटर दूरीको साँगा–धुलिखेल खण्डमा अहिले कालोपत्रे गर्ने र भित्ता काट्ने काम भइरहेको छ। धुलिखेल र पुलबजार क्षेत्रमा करिब दुई किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने अन्य क्षेत्रमा ग्राभेल र पर्खाल लगाउने कार्य जारी छ। लामो समयदेखि पुलबजार क्षेत्रमा रहेको विवाद सुल्झिएपछि अवरुद्ध बनेको तीन सय मिटर सडकको कामले पनि गति लिएको छ। लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको यो खण्डमा पिच बाहेकको भौतिक प्रगति ९० प्रतिशत पुगिसकेको निर्माण पक्षको दाबी छ।
दोस्रो खण्डका रूपमा रहेको सूर्यविनायक–साँगा खण्डमा भने हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यो खण्डको म्याद पनि आगामी पुस १८ गते सकिँदैछ। हाल जनागाल, बाँसघारी, बुडोल र भैँसेपाटी क्षेत्रमा सडक काट्ने र सर्भिस लेन बनाउने काम भइरहेको छ। बनेपाको चाँदनी चोकमा कल्भर्ट राख्ने र चण्डेश्वरी खोला क्षेत्रमा पर्खाल लगाउने कामलाई पनि सँगसँगै अघि बढाइएको छ।
बर्सेनि बढ्दै गएको ट्राफिक जामको समस्या समाधान गर्न यो सडकलाई ६ लेनमा विस्तार गर्न लागिएको हो। कुल १५.५ किलोमिटर लामो यो सडक विस्तार भएपछि काभ्रे र काठमाडौँ उपत्यकाको आवागमन निकै सहज हुने अपेक्षा गरिएको छ। म्याद थपिएसँगै आयोजनाले बाँकी रहेका संरचना भत्काउने र कालोपत्रेका लागि पूर्वाधार तयार पार्ने कामलाई प्राथमिकतामा राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण