प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता जाने
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बोलाएकी छिन्, जसमा विघटित प्रतिनिधिसभाका मुख्य दलहरूले दोस्रो तहका नेता पठाउने भएका छन्।
- बैठकमा कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेकपा एमालेबाट महासचिव शङ्कर पोखरेल र महेश बर्तौला सहभागी हुनेछन् ।
- नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र पाण्डे र वर्षमान पुन तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र सोविता गौतम सहभागी हुनेछन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा विघटित प्रतिनिधिसभामा मुख्य दलहरूले दोस्रो तहका नेताहरूलाई पठाउने भएका छन् । प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सोमबार दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएकी छन् ।
बैठकमा कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव सहभागी हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेकपा एमालेबाट भने महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी हुने बर्तौलाले जानकारी दिए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट नेताहरू राजेन्द्र पाण्डे, वर्षमान पुन सहभागी हुने नेता रामकुमार भट्टराईले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता शिशिर खनाल र सोविता गौतम सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण