एमसीए–नेपालद्वारा धनखोला–लमही सडक स्तरोन्नतिका लागि सम्झौता, परियोजनाको ठेक्का नेपाली कम्पनीलाई
सारांश
- एमसीए-नेपालले पूर्व-पश्चिम राजमार्गअन्तर्गतको धनखोला-लमही सडक खण्ड स्तरोन्नतिका लागि निर्माण सम्झौता गरेको छ।
- शर्मा-कुमार जेभीले दुई करोड आठ लाख अमेरिकी डलरमा ठेक्का पाएको छ, जसमा फुल डेप्थ रिक्लेमेसन एन्ड सुपरपेभ प्रविधिको प्रयोग हुनेछ।
- यो परियोजना एमसीसी अनुदान र नेपाल सरकारको सहयोगमा बन्दैछ, जसले यात्रा समय घटाउने र सडक सुरक्षामा वृद्धि गर्ने लक्ष्य राखेको छ।
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको धनखोला–लमही सडक खण्ड स्तरोन्नतिका लागि निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ ।
एमसीए–नेपाल र निर्माण कम्पनीबीच सोमवार काठमाडौंमा एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने ४० किलोमिटर लामोसडक खण्डको सुधारका लागि एमसीए–नेपाल र शर्मा–कुमार जोइन्ट भेन्चर बीच सम्झौतामा हस्ताक्षर भएको छ ।
एमसीसी अनुदानमा निर्माण हुने ४० किलोमिटर लामो धानखोला–लमही सडक सुधार परियोजनाको ठेक्का ग्लोबल टेन्डरमार्फत शर्मा–कुमार जेभीले हात पारेको छ । यो ठेक्का नेपालमै पहिलोपटक प्रयोग हुन लागेको फुल डेप्थ रिक्लेमेसन एन्ड सुपरपेव अस्फाल्ट प्रविधिमा आधारित रहेको एमसीए–नेपालले जनाएको हो ।
सन् २०२४ को अक्टोबरमा बोलपत्र आह्वान गरिएको उक्त परियोजनामा ११ कम्पनी सहभागी भएकामा प्राविधिक र वित्तीय मूल्यांकनपछि शर्मा–कुमार जेभी छनोट भएको छ ।
शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ)मा ठेक्का पाएको छ । एमसीसी परियोजनाअन्तर्गत पूर्ण रूपमा नेपाली कम्पनीले ठेक्का पाएको यो पहिलो परियोजना रहेको छ ।
एमसीसीको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर योगदानमा नेपालमा प्रसारण लाइन, सबस्टेसन तथा सडक पूर्वाधार निर्माणको काम भइरहेको छ ।
नयाँ प्रविधिको प्रयोग यस सडक खण्डमा नेपालमै पहिलो पटक फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधिको प्रयोग गरिनेछ । यसले सडकलाई थप टिकाउ र जलवायु अनुकूल बनाउने छ ।
यो आयोजनाको निर्माण कार्य सम्झौता भएको २४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुराना सडकका सामग्रीलाई नै प्रशोधन गरेर पुनः प्रयोग गरिने हुनाले यो प्रविधि वातावरणीय हिसाबले पनि सुरक्षित मानिएको छ ।
एमसिए–नेपालका अनुसार यो सडक स्तरोन्नति पछि यात्रा गर्ने समयमा अवधि कम गर्ने, सवारी सञ्चालन खर्च र व्यापारिक ढुवानी लागत घट्ने, सडक सुरक्षामा वृद्धि भई दुर्घटना कम हुने, नेपालमा नयाँ र अत्याधुनिक सडक प्रविधिको हस्तान्तरण हुने र सडकको गुणस्तरमा सुधार भई यात्रा सहज हुने विश्वास एमसीए –नेपालले जनाएको छ । सडक सुरक्षाका हिसाबले पनि यो खण्डलाई नमुना बनाइने एमसीए–नेपालले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण