बक्स अफिस रिपोर्ट : फिल्म ‘परान’ को ६ लाख टिकट बिक्दा ‘चिराग’ को ३३० मात्र !
सारांश
- चलचित्र विकास बोर्डले बक्स अफिस कलेक्सनको विवरण सार्वजनिक गरेको छ ।
- फिल्म 'परान' ले १७ करोड ६१ लाख ५ हजार २८८ कमाएको छ भने ६२ लाख ५ हजार ६२५ टिकट बिक्री भएको छ ।
- विवरण अनुसार अन्य फिल्महरूले पनि राम्रो कमाई गरेका छन् ।
काठमाडौँ । चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस कलेक्सन विवरण सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक विवरणमा पछिल्लो समय प्रदर्शनमा रहेका फिल्म ‘परान’, ‘हर्ष’, ‘पीआर’, ‘लोकन्ती’ र ‘चिराग’ रहेका छन् । बोर्डले शनिबार अर्थात ५ पुससम्मको बक्स अफिस कलेक्सन विवरण सार्वजनिक गरेको हो ।
विवरण अनुसार फिल्म ‘परान’ ले अहिलेसम्म १७ करोड ६१ लाख ५ हजार २८८ कमाएको छ । फिल्मको टिकट ६ लाख ५ हजार ६२५ बिक्री भएको छ ।
त्यस्तै फिल्म ‘पीआर’ ले देशव्यापी ६ लाख ६८ हजार ६३३ ग्रस कमाएको छ । यसको २ हजार १०९ टिकट बिक्री भएको छ । फिल्म ‘हर्ष’ ले भने २८ लाख ७८ हजार ५३६ नेरु ग्रस कमाएको छ । यसको टिकट ८ हजार ८६६ बिक्री भएको देखिन्छ ।
‘अभिमन्यु’ ले २१ लाख ४८ हजार ७०२ नेरु ग्रस कमाएको छ । यसको टिकट ६ हजार ८५० वटा बिकेको छ । यस्तै, फिल्म ‘लोकन्ती’ ले ४ लाख १ हजार ३४० नेरु ग्रस कमाएको छ । यसको १ हजार ३५७ टिकट बिकेको देखिन्छ ।
‘चिराग’ ले ६८ हजार ४५० नेरु ग्रस कमाएको छ । यसका ३३० वटा मात्र टिकट बिकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण