केन्द्रकाे परिपत्र लत्त्याउँदै मधेसका मुख्यमन्त्री उम्मेदवार सिफारिस
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव कांग्रेस केन्द्रको परिपत्र विपरीत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्।
- मुख्यमन्त्री यादवले रौतहट-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि आफ्नो नाम सिफारिस गराए।
- समानुपातिक र राष्ट्रियसभाका लागि विभिन्न व्यक्तिहरूको नाम पनि सिफारिस गरिएको छ।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेपाली कांग्रेस केन्द्रको परिपत्र विपरीत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते परिपत्र जारी गर्दै प्रदेशसभामा बहाल रहेकालाई प्रतिनिधिसभामा उम्मेदवार सिफारिस नगर्न भनेका थिए ।
तर, प्रदेशसभा सदस्य मात्रै होइन मुख्यमन्त्री नै रहेका यादवले केन्द्रकाे परिपत्र लत्त्याउँदै जबरजस्ती आफ्नो नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारमा रौतहट–१ बाट सिफारिस गराएका हुन् ।
यादवसँगै राष्ट्रिय अपाङ्ग कोषका पूर्वसभापति तथा मधेसमा कांग्रेसको प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ता, रामेश्वर प्रसाद यादव र सन्तु यादव पनि प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएका छन् । रामेश्वर कांग्रेसका क्रियाशील सदस्यसमेत नभएका व्यक्ति हुन् ।
समानुपातिकतर्फ जनजाति, मधेसी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला समूहबाट गरी बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस भएको छ ।
राष्ट्रियसभा लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक र खुल्लाबाट) र नरेन्द्र पासवान (दलितबाट) सिफारिस गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण