सिन्धुलीमा आगो लगाएर युवतीको हत्या, दुईजना पक्राउ
मङ्गलबार, ०८ पुस २०८२, ११ : २९
सारांश
- सिन्धुलीको धुराबजारमा एक युवतीको आगो लगाएर हत्या भएको छ।
- प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतककी नन्द र सासुलाई पक्राउ गरेको छ।
- आगजनीमा घाइते भएका मृतकका ससुरालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित धुराबजारमा आगो लगाएर एकजना युवतीको हत्या भएको छ । पुस ६ मा साँझ आगो लगाएर ३२ वर्षीया सुशीला बम्जनको हत्या भएको हो ।
पेट्रोल छर्केर आगो लगाएर उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।
हत्यामा संलग्न आरोपमा मृतककी नन्द ३५ वर्षीया मिना लामा बम्जन र ५९ वर्षीया सासु मायारानी बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । मृतककी नन्द मिनाले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी सुवेदीले जानकारी दिए ।
आगजनी हुँदा मृतकका ससुरा दुर्गामान बम्जन घाइते भएका छन् । उनलाई उपचारको लागी काठमाडौँ ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण