भ्याली पब्लिक यू–१९ बास्केटबल लिग च्याम्पियन
सारांश
- भ्याली पब्लिकले सेनेका यु-१९ गर्ल्स बास्केटबल लिगको उपाधि जित्यो।
- फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४-४३ ले पराजित गर्यो।
- भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै 'मोस्ट भेलुएबल प्लेयर'को उपाधि जितिन्।
काठमाडौँ । भ्याली पब्लिकले सेनेका यु–१९ गर्ल्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बनेको हो ।
भ्याली पब्लिकले सबै १२ खेल जित्यो । भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित गर्यो ।
भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ अङ्क जोडिन् । लोरिशा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।
सेनेका एडुकेसन कन्सल्टेन्सी प्रा.लि. द्वारा आयोजित प्रतियोगितामा भ्याली पब्लिक र साइपालसहित ६ टिम सहभागी थिए । अन्य सहभागीमा गोल्डेनगेट इन्टरनेसनल कलेज, बलर्स एकेडेमी, नितेन मेमोरिय स्कुल (निम्स) र चेल्सी इन्टरनेसनल कलेज रहेका छन् ।
विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतान, सेनेकाकी उमा खड्का पाठक, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । लिग भदौ २२ गतेदेखि सुरु भएको थियो । लिगका खेलहरू साइपालमा पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण