बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘धुरन्धर’ को धमाका : ८०० करोड क्लबमा प्रवेश

मङ्गलबार, ०८ पुस २०८२, १२ : ०५
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • रणवीर सिंहको फिल्म 'धुरन्धर' ले बक्स अफिसमा ८०५ करोड भारुको सङ्कलन गर्दै नयाँ रेकर्ड बनाएको छ।
  • 'धुरन्धर' ले यसअघि रणवीरको फिल्म 'पद्मावत' लाई पछाडि पार्दै हिन्दी फिल्मको सूचीमा पहिलो स्थान हासिल गरेको छ।
  • फिल्मको दोस्रो भाग 'धुरन्धर २' सन् २०२६ मा रिलिज हुनेछ, जसमा अन्डरवर्ल्ड डन दाउद इब्राहिम जस्ता पात्रहरू देखिनेछन्।

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ ले बक्स अफिसमा सुनामी ल्याउँदै उनको करियरकै सबैभन्दा सफल फिल्म बनेको छ। प्रदर्शनको मात्र १७ दिनमा यस फिल्मले विश्वभरबाट ८०५ करोड भारुको सङ्कलन गर्दै नयाँ रेकर्ड कायम गरेको हो। 

यसअघि रणवीरको करियरमा सन् २०१८ मा रिलिज भएको ‘पद्मावत’ ले ५७२ करोडको व्यापार गरेर शीर्ष स्थान ओगटेको थियो, जसलाई धुरन्धरले निकै पछाडि पारेको छ। फिल्मले दोस्रो हप्ताको शनिबार ३४ करोड र आइतबार ३८ करोडभन्दा बढीको व्यापार गरेर हलहरूमा आफ्नो बलियो पकड कायमै राखेको छ।

फिल्मको व्यापारिक रफ्तार हेर्दा यसले छिट्टै नै सन् २०२५ को सबैभन्दा बढी कमाउने फिल्मको कीर्तिमान पनि तोड्ने देखिन्छ। हालसम्म ८५० करोड सङ्कलन गरेर कन्नड फिल्म ‘कान्तारा: द लिजेन्ड–च्याप्टर १’ यस वर्षको पहिलो स्थानमा छ भने धुरन्धर दोस्रो स्थानमा उक्लिएको छ। 

यद्यपि, हिन्दी भाषाका फिल्महरूको सूचीमा भने यो फिल्म पहिलो नम्बरमा छ। विक्की कौशलको ‘छावा’ ७९७ करोडसहित तेस्रो र ‘सैयारा’ चौथो स्थानमा रहेका छन्। भारतभित्र मात्रै यस फिल्मले ५५५ करोडभन्दा बढीको कारोबार गरिसकेको छ।

धुरन्धरको ठुलो सफलतापछि निर्माण पक्षले यसको दोस्रो भाग धुरन्धर २ को रिलिज मिति समेत घोषणा गरिसकेको छ। यो फिल्म आगामी सन् २०२६ मार्च १९ मा पर्दामा आउनेछ, जहाँ यसको प्रतिस्पर्धा दक्षिण भारतीय सुपरस्टार यशको फिल्म ‘टक्सिक’ सँग हुनेछ। 

दोस्रो भागमा अन्डरवर्ल्ड डन दाउद इब्राहिम जस्ता पात्रहरू समेत देखाइने चर्चाले दर्शकमा थप कौतूहल जगाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप