रुसी आक्रमणमा युक्रेनमा दुई जनाको मृत्यु
सारांश
- रुसी आक्रमणमा युक्रेनमा दुई जनाको मृत्यु भएको छ, जसमा एक ७६ वर्षीया महिला पनि छिन्।
- किभ क्षेत्रमा मिसाइल आक्रमण हुँदा १६ वर्षीया किशोरी सहित तीन जना घाइते भएका छन्, र दुई घरमा क्षति पुगेको छ।
- पश्चिमी युक्रेनको खमेलनित्स्कीमा ७२ वर्षीय बासिन्दाको मृत्यु भएको छ, र आक्रमणका कारण बिजुली आपूर्ति बन्द भएको छ।
किभ । रुसी आक्रमणमा युक्रेनमा दुई जनाको मृत्यु भएको छ । युक्रेनको राज्यको आपतकालीन सेवा डीएसएनएसका अनुसार किभ क्षेत्रको भिशहोरोड बाहिर रुसले गरेको मिसाइल आक्रमणमा एक जना ७६ वर्षीया महिलाको मृत्यु भएको छ ।
१६ वर्षीया किशोरी सहित तीन जना घाइते भएका छन्। किभ क्षेत्रको अन्यत्र, ओबुखिभ जिल्लामा दुई घरमा क्षति पुगेको छ।
युक्रेनी मिडियाले किभको स्व्याटोशिन्स्की जिल्लामा क्षतिग्रस्त पाँच तले अपार्टमेन्ट ब्लकको तस्बिरहरू प्रकाशित गरेको छ ।
रातभर भएको सो आक्रमणमा पश्चिमी युक्रेनको खमेलनित्स्कीमा ७२ वर्षीय बासिन्दाको पनि मृत्यु भएको क्षेत्रीय प्रशासन प्रमुख सेर्ही ट्युरिनले बताएका छन् । आक्रमणका कारण यस क्षेत्रमा बिजुली आपूर्ति ठप्प भएको पनि उनले बताएका छन् ।
कार बम विष्फोटमा रुसी लेफ्टिनेन्छ जनरल फनिल सार्भारोभको मृत्यु भएको केही घन्टापछि रुसले यो आक्रमण गरेको थियो । ५६ वर्षका सार्भारोभ सैन्य बलका अपरेशनल तालिम विभागका प्रमुख थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण