प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रकरण : अन्तरिम आदेशको निरन्तरता
मङ्गलबार, ०८ पुस २०८२, १५ : २६
बुटवल । स्वास्थ्य मन्त्रालयले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते गरेको सूचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा आज दुवै पक्षलाई छलफलमा बोलाइएकामा अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
आदेशको निरन्तरतापछि उपकुलपति नियुक्ति प्रकरण हाललाई रोकिन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण