कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् ।
कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।
यो नाका वि.सं. २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरु कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए ।
सो नाका माथिल्लो मुस्ताङका नागरिकहरुका लागि मात्रै खुल्ला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गको रुपमा गत ३० भदौमा पूर्णरुपमा खुला गरको हो ।
लोमान्थाङ–२ किम्लिङका स्थानीय लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहेका छन् । नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थालेको बताए । यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने करिव ८०/९० जना मध्ये हाल धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन् ।
यो नाका समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित छ । नाकामा चिसोका कारण पर्यटकीय रौनक घटेपनि नाका बन्द नहुने जनाइएको छ ।
नाकामा व्यापार गर्नेहरुले आन्तरिक रुपमा व्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन् । पर्यटकहरुलाई चिनिया उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ ।
त्रिपाल टाँगेर व्यापार गर्नेहरुका लागि एक जीप बराबर दुई जना व्यापारीले व्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जीप बराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय ब्यापारी लिन्डुप गुरुङले जानकारी दिए ।
नाकामा तीन सय जना भन्दा बढीले व्यापार व्यवसाय सञ्चालन गरेका छन् । यहाँ एक सय बढी युवाले लोड अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लाने ल्याउने काम पाएका छन् । ती युवाहरुले दैनिक पाँचदेखि १० हजारसम्म आम्दानी गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण