गोरखाबाट प्रचण्ड र श्रेष्ठलाई उम्मेदवार सिफारिसको तयारी
पोखरा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने गरी पार्टीभित्र छलफल भएको छ ।
नेकपाको मंगलबार बसेको जिल्ला कमिटी बैठकमा प्रचण्डको नाम १ नम्बर क्षेत्रबाट उम्मेदवारका लागि पहिलो नम्बरमै सिफारिस गर्ने छलफल भएको हो ।
‘पहिलो नम्बरमा प्रचण्डको नाम छलफलमा छ । उहाँको आवश्यकता गोरखा १ मा छ भन्ने हाम्रो ठम्याइ हो,’ नेकपाका एक नेताले भने, ‘अरूको पनि नाम त छ । तर उहाँ आउनुहुन्छ भन्ने विश्वास लिएका छौँ ।’
गत २०७९ को निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । प्रचण्डसहित गोरखा– १ बाट हरिराज अधिकारी, अमर तमु, लेखबहादुर थापामगर र जगन्नाथ खनालको नाम सिफारिस गर्ने तयारी छ । नेता छमबहादुर गुरुङको नाममा पनि छलफल भएको बताइएको छ ।
समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट चुडामणी खड्काको नाम एक नम्बरमा सिफारिस गर्ने तयारी छ ।
यस्तै, गोरखा क्षेत्र नम्बर २ बाट नेकपाका नेता नारायणकाजी श्रेष्ठसहित अन्य नेताहरूको नाम सिफारिस गर्ने तयारी छ ।
श्रेष्ठसहित हितराज पाण्डे, लेखनाथ न्यौपाने, डा. हरिराम पराजुली र दुर्गा श्रेष्ठको नाम छलफलमा रहेको जिल्ला कमिटीका एक नेताले बताए ।
मंगलबार जिल्ला कमिटीका सदस्यहरू र पदाधिकारीबिच छलफल भएको र बुधबार केन्द्रीय सदस्य सहितको उपस्थितिमा हुने बैठकले केन्द्रमा नाम सिफारिस गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण