बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तीन वटा होटललाई जरिवाना

बुधबार, ०९ पुस २०८२, ०४ : २२
बुधबार, ०९ पुस २०८२

सारांश

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन होटललाई जरिवाना गरेको छ।
  • थाकखोला, पाककला र इन्द्रेणीलाई क्रमशः १५, १० र २० हजार जरिवाना गरिएको हो।
  • विभागले अन्य १५ होटल तथा खाजा पसललाई सुधारात्मक निर्देशन दिएको छ।

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना गरेको छ ।

विभागका अनुसार मंगलबार थाकखोला थकाली भान्सा घर काठमाडौँलाई रु १५ हजार, पाककला प्रालिलाई रु १० हजार र इन्द्रेणी फुड वर्ल्ड एण्ड व्याङ्केटलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसारबमोजिम कारबाही गरेको हो ।

यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप