पाँच महिना बित्यो, गण्डकीको पुँजीगत खर्च १० प्रतिशत मुनि
सारांश
- गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च निकै कम, जम्मा ९.६२ प्रतिशत मात्रै खर्च भएको छ।
- प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ९९ करोडको बजेट ल्याएकोमा पुँजीगत शीर्षकमा १९ अर्ब ९ करोड विनियोजन गरेको थियो।
- पाँच महिनामा सरकारको ढुकुटीमा १० अर्ब १४ करोड जम्मा हुँदा खर्च भने ३ अर्ब ९१ करोड मात्रै भएको छ।
पोखरा । गण्डकी प्रदेश सरकारको पुँजीगत बजेट खर्चको अवस्था टिठलाग्दो देखिएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८२-०८३ को पहिलो ५ महिनामा पुँजीगत खर्च जम्मा ९.६२ प्रतिशत भएको हो ।
प्रदेश सरकारले चालू वर्षमा कार्यान्वयन हुने गरी ३१ अर्ब ९९ करोडको बजेट ल्याएको थियो । त्यसमध्ये १९ अर्ब ९ करोड पुँजीगत शीर्षकमा छ । अर्थ मन्त्रालयका अनुसार, अहिलेसम्म १ अर्ब ८३ करोड मात्रै पुँजीगत बजेट खर्च भएको छ ।
पुस ६ गतेसम्मको अद्यावधिक विवरण हेर्दा पूरा बजेटको १२.२३ प्रतिशत मात्रै खर्च भएको छ । कर्मचारीको तलब भत्ता तथा प्रशासनिक कार्यमा हुने चालु खर्च भने पुँजीगत खर्चको तुलनामा केही बढी देखिएको छ । १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार विनियोजन भएको चालु शीर्षकमा हालसम्म २ अर्ब ७ करोड ५३ लाख खर्च भएको हो । यो रकम पूरा बजेटको १६.४२ प्रतिशत हो ।
वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म खर्च भएको छैन । पूरा बजेटमध्ये आम्दानी भने ३० अर्ब नाघेको छ । हालसम्म ३१.७२ प्रतिशत प्रगति हासिल भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । पाँच महिनाको अवधिमा सरकारको ढुकुटीमा १० अर्ब १४ करोड ३८ लाख रुपैयाँ जम्मा हुँदा, खर्च भने मात्र ३ अर्ब ९१ करोड १८ लाख रुपैयाँ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण