गण्डकी प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
सारांश
- गण्डकी प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ।
- आयोगले चौथो तहका प्राविधिक र अप्राविधिक पदहरूमा आवेदन आह्वान गरेको छ।
- आवेदकहरूले खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अपाङ्ग र खस आर्य समूहअन्तर्गत आवेदन दिन सक्नेछन्।
पोखरा । प्रदेश लोक सेवा आयोग, गण्डकीले स्थानीय तहका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम चौथो तहका प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गर्दै विज्ञापन प्रकाशित गरेको हो।
बुधबार प्रकाशित सूचनाअनुसार स्थानीय तहबाट माग भई आएका रिक्त पदहरूमा आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी समूहअन्तर्गत पदपूर्ति प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ।
विज्ञापनअनुसार प्राविधिकतर्फ प्राविधिक पदअन्तर्गत असिस्टेन्ट सब–इन्जिनियर (सिभिल), खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन, नायब प्राविधिक सहायक (कृषि), नायब पशु सेवा तथा पशु स्वास्थ्य प्राविधिक, अहेव, अनमी लगायतका पदहरू समावेश छन्। यी पदहरूमा खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अपाङ्ग तथा खस आर्य समूहअनुसार पद संख्या छुट्याइएको छ।
यस्तै, अप्राविधिकतर्फ प्रशासन सहायक, लेखा सहायक तथा सहायक विविध निरीक्षक पदहरूमा कर्मचारी माग गरिएको छ। यी पदहरू पनि समावेशी सिद्धान्तअनुसार विभिन्न समूहमा बाँडफाँट गरिएको आयोगले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण