युवा पुस्ताले डिमान्ड बढी गर्ने प्रवृत्तिमा सुधार गर्न आवश्यक छ : मन्त्री भण्डारी
सारांश
- श्रममन्त्री भण्डारीले युवा पुस्तामा योगदानको तुलनामा माग बढी गर्ने प्रवृत्ति रहेको बताए।
- सामाजिक सुरक्षा कोषलाई वडा र पालिका तहसम्म विस्तार गरी नागरिकको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए।
- मन्त्री भण्डारीले श्रमिकको सुरक्षाका लागि सामाजिक सुरक्षा कोष बलियो छाता भएको बताए।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले युवा पुस्तामा योगदान भन्दा माग (डिमान्ड) बढी गर्ने प्रवृत्ति देखिएको बताएका छन् । बुधबार अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आयोजित राष्ट्रिय अभियानको शुभारम्भ गर्दै मन्त्री भण्डारीले यस्तो धारणा राखेका हुन्।
मन्त्री भण्डारीले युवा पुस्तामा योगदान भन्दा माग (डिमान्ड) गर्ने प्रवृत्तिलाई सच्याउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषलाई वडा र पालिका तहसम्म विस्तार गरी आम नागरिकको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले अबको समय गफ गर्ने भन्दा पनि काम गरेर देखाउने बेला भएको बताए । उनले सामाजिक सुरक्षा कोष नागरिकको जीवनमा आइपर्ने सङ्कटहरूबाट जोगाउने बलियो ‘छाता’ भएको पनि बताए।
मन्त्री भण्डारीले सामाजिक सुरक्षाको अभावमा समाजमा अशान्ति, द्वन्द्व र बाध्यकारी वैदेशिक रोजगारी बढ्ने बताए । ‘बाहिर जतिसुकै ठुलो पानी परे पनि छाता कति बलियो छ भन्ने कुराले महत्त्व राख्छ,’ उनले भने, ‘सामाजिक सुरक्षा त्यस्तै एउटा कवच हो जसले श्रमिकलाई बिरामी, बुढ्यौली र बेरोजगारीको समयमा सुरक्षा प्रदान गर्छ।’
उनले श्रम मन्त्रालयलाई वास्तविक अर्थमा श्रमिकहरूको मन्त्रालय बनाउने र श्रमप्रति गौरव गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री भण्डारीले नेपालमा दक्ष जनशक्ति भएर पनि अवसरको अभावमा युवाहरू बाहिरिनुपरेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘३४ सय दक्ष जनशक्तिमध्ये लक्की ड्रबाट छानिएका २२०० जना भाग्यमानी ठहरिने र बाँकी अभागी हुनुपर्ने अवस्था दुःखद छ। नेपालमै सामाजिक सुरक्षा र रोजगारीको सुनिश्चितता नभएसम्म यस्तो पलायन रोकिँदैन।’
मन्त्री भण्डारीले मन्त्रालयमा थन्किएका फाइलहरूलाई तत्काल अगाडि बढाउन निर्देशन दिए। ‘म मन्त्रालय आएको १२ दिनमै १६ मिनेटभित्र एउटा अड्किएको फाइल सदर भएको उदाहरण छ,’ उनले भने, ‘प्रक्रियामा अड्किएका कामहरूलाई हल गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण