बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुदेवी झासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ शुरु

बुधबार, ०९ पुस २०८२, ११ : ४१
बुधबार, ०९ पुस २०८२

सारांश

  • धनुषाको हँसपुर नगरपालिकाका उपप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा सुरु भएको छ।
  • अख्तियारले ५२ लाख ७२ हजार बढी रकम हिनामिना गरेको आरोप लगाएको छ।
  • केशव कुमार अधिकारीमाथि ४४ लाख ९० हजार र रामलोचन मण्डलमाथि ७ लाख ८१ हजार बिगो दाबी गरिएको छ।

काठमाडौँ । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुदेवी झासहित १० जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ ।  विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा बुधबार पेसी तोकेर सुनुवाइ सुरु भएको हो ।

नगरपालिकाको ५२ लाख ७२ हजार बढी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर, लेखापाल, खरिदार र निर्माण व्यवसायी देव कन्स्ट्रक्सनसमेत ९ जनालाई प्रतिवादी बनाएको थियो ।

आयोगले जम्मा ५२ लाख ७२ हजार १६८.०३ बराबरको हिनामिना र आर्थिक हानि पु-याएको जिकिर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीमाथि ४४ लाख ९० हजारको बिगो दाबी गरेको छ भने तत्कालीन निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डलमाथि ७ लाख ८१ हजारको बिगो दाबी गरेको छ ।

त्यस्तै, इन्जिनियर दिनेश कुमार मण्डलमाथि ३६ लाख २२ हजारको बिगो दाबी गरेको छ भने खरिदार शत्रुधन साहमाथि रु. २८ लाख ४० हजारको बिगो दाबी गरिएको छ । त्यसैगरी तत्कालीन लेखापाल नेत्र लुंगेली माथि ५२ लाख ७२ हजारको बिगो दाबी गरिएको छ भने सव–इन्जिनियर विनोद कुमार मण्डलमाथि ७ लाख ८१ हजारको बिगो दाबी गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप